|

विराटनगर : तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल एक हप्तापछि शनिबारदेखि सुरु हुने भएको छ। वर्षासँगै आएको बाढीले विराटनगर विमानस्थलमा एक फिट हिलो जम्मा भएको थियो। काठमाडौंबाट आएको सेनाको स्पेसल टाक्स फोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको माटोको लेदो सफा गरेपछि विमानस्थल सुचारु हुने भएको हो।

हाम्रा विराटनगर संवाददाता अर्जुन आचार्यले विमानस्थल सफाइ हुँदै गर्दा क्यामेरामा कैद गरेका केही तस्बिर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.