|

कपिलवस्तु : जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका नारायण खनाल निवार्चित भएका छन्। शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको समेत समर्थन पाएका खनाल १२ मत ल्याएर विजयी भए। जिससको निर्वाचनमा नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवार रहेका नेत्रराज गिरीले ७ मत पाए।

जिससको उपप्रमुखमा कांग्रेसकी तारावती कुमारी चौधरी निर्वाचित भइन्। उनले १२ मत प्राप्त गरिन्। महिला सदस्यमा कुन्ती पासिन, प्रमिला मल्ल, सठिया थरुनी दलित तथा अल्पसंख्यक सदस्यमा काजु ताडिवान निवार्चित भए। सदस्यहरुमा तेज बहादुर सिंह रायमाझी, अनुप कुमार पाण्डेय र घनश्याम मौर्य निवार्चित भएका मुख्य निर्वाचन अधिकृत विश्व मंगल आत्रेयले जानकारी दिए।

९ सदस्यीय जिल्ला समन्वय समितिमा १७ जनाको उम्मेदवारी परेको थियो। जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र तथा राजपाले तालमेल गरेका थिए। एमालेलाई संघीय समाजवादी फोरम नेपालले साथ दिएको थियो।

निर्वाचित भएपश्चात प्रमुख खनालले जिल्लाको विकासका लागि आफूलाई प्राप्त भएको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने बताए। ‘५ वर्ष्भित्र जिल्लाको समग्र विकासको योजनालाई मूर्तरुप दिनका लागि स्थानीय सरकारहरु र माथिल्लो निकायसँग प्रभावकारी समन्वय गरिने छ,’ उनले भने, ’कपिलवस्तु जिल्लाको परिचय बदल्नका लागि जिससले खेल्नु पर्ने भूमिकामा कमी हुन दिन्न।’

जिल्ला समन्वय समिति चयनका लागि जिल्लाभरीका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ। १० वटा स्थानीयका प्रमुख र उपप्रमुख गरी २० जना मतदाता रहेको जिसस निर्वाचनमा एमालेका ७ र कांग्रेसका १० तथा माओवादी केन्द्रका १ र २ स्वतन्त्र गरी १३ जना मतदाता थिए। 

जिल्लाको महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खां हज यात्रामा गएकाले कांग्रेसको एक मत घटेको छ। निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण आजै शुक्रबार ४ बजे निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.