|

डडेल्धुरा : अजयमेरु गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रथम गाउँसभाको पहिलो बैठकको भत्ता बाढीपीडितलाई दिने निर्णय गरेका छन्। देशका विभिन्न क्षेत्रमा भएको बाढी पहिरोको पीडालाई कम गर्न देशैभरीबाट राहत संकलन गरेर सहयोग होस् भनेर आफूहरुले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

‘गाउँपालिका अन्तर्गतका सबै जनप्रतिनिधिको एकदिनको भत्ता, शिक्षक र कर्मचारीको एकदिनको तलब गाउँपालिका अध्यक्ष राहत कोषमा जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष भट्टले भने। उनले अन्य इच्छुक व्यक्तिहरुलाई पनि सहयोगको लागि आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.