|

एजेन्सी : बलात्कारमा परेकी एक १० वर्षकी बालिकाबाट जन्मिएकी शिशुको स्वास्थ्य अवस्था सुध्रिएको छ। मिति नपुग्दै जन्मिएकी नवजात शिशुलाई अस्पतालको इन्टेन्सिभ केयर युनिटमा राखिएको थियो। स्वास्थ्य अवस्था स्थिर भएपछि उनलाई अहिले नर्सरीमा सारिएको छ।  घटना भारतको चण्डिगढको हो

नवाजत शिशुका तौल २ दशमलव २ केजी रहेको तथा बच्चा र आमा दुबै स्वस्थ्य रहेको शल्यक्रियामा संलग्न डाक्टर दसारी ह्यारिसले बीबीसीलाई जानकारी दिएका छन्।

यसअघि गत महिनामात्रै भारतको सर्वोच्च अदालतले यी बालिकाको गर्भपतन गराउन नमिल्ने निर्णय सुनाएको थियो। त्यसपछि उनको कथा पूरै भारतमा भाइरल बन्यो।

बालिकालाई थाहा छैन आमा बनेको

बालिकालाई उनी आमा बनेको सम्बन्धमा जानकारी दिइएको छैन। यसअघि यी बालिकालाई उनको पेटमा ढुङगा रहेको भनिएको थियो। त्यसपछि शल्यक्रिया गरियो।

यी बालिकाले आफ्नै काकाले बलात्कार गरेको बताएकी थिइन्। उनका काकालाई प्रहरीले पक्राउ गरिसकेको छ। मध्य जुनमा उनको पेटमा बच्चा रहेको पुष्टि भएको थियो।

उनले पेट दुखेको बताएपछि आमा–बाबुले उपचारका लागि अस्पताल लगेका थिए। अस्पतालमा जाँच गर्दा उनी गर्भवती भएको पत्तो लाग्यो।

त्यसपछि उनको गर्भपतनका लागि दिइएको निवेदन चण्डिगढको स्थानीय अदालतले खारेज गर्‍यो। यी बालिकाको पेटमा शिशु हुर्किइसकेका कारण जर्बजस्ती गर्भपतन गराउँदा उनको ज्यान खतरामा पर्ने चिकित्सकहरुको ठहरका आधारमा चण्डिगढ अदालतले यस्तो निर्णय लिएको थियो।

सर्वोच्च अदालतले पनि चण्डिगढ अदालतको निर्णयलाई नै सदर गर्‍‍यो।

बच्चालाई शिशु स्याहार केन्द्रमा राखिने

शल्यक्रियामा संलग्न डाक्टर ह्यारिसले ९० देखि १ सय ५ मिनेटसम्मको शल्यक्रियापछि बच्चा जन्मिएको बताए। उनले यस्तो शल्यक्रिया गर्नुपर्दा निकै दुख लागेको बताए।

‘यदी सबै योजना मुताबिक नै भयो भने आमा र शिशु आगामी मंगलबार डिस्चार्ज हुनेछन्,’ उनले भने।

अहिलेसम्म बालिकालाई बच्चाका विषयमा कुनै जानकारी नदिएको ह्यारिसले बताए। ‘कुनै दिन सायद उनले सत्या थाहा पाउनेछिन्। मलाई थाहा छैन त्यतिबेला उनी र उनका अभिभावकले कसरी यस घटनाको सामना गर्नेछन्,’ ह्यारिसले भने। अस्पतालले यी बालिकालाई यस विषयमा काउन्सिलिङ दिन खोजेको थियो। तर उनका बाबु–आमाले अस्पतालको प्रस्ताव अस्विकार गरे।

यी बालिकाका अभिभावकले बच्चासँग आफ्नो कुनै सरोकार नरहने बताएका छन्। त्यसैले अब नवजात शिशुलाई शिशु स्याहार केन्द्रमा राख्ने तयारी गरिएको छ।शुक्रबार शिशुलाई शिशु स्याहार समितिमा हस्तान्तरण गर्ने तयारी छ।

पछिल्लो केही सातादेखि बालिकाको गर्भधारणको विषय भारतमा भाइरल बनेको थियो। विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा यति छोटो समयमा गर्भवती हुने यी बालिका पहिलो रहेको अधिकारीहरुको अनुमान छ।

भारतमा बाल–दुर्व्यवहारको आँकडा

  • प्रत्येक १५५ मिनेटभित्र भारतमा १६ वर्ष नपुगेका १ जनाको बलात्कार हुन्छ। हरेक १३ घण्टाभित्र १० वर्ष नपुगेका १ जनाको बलात्कार हुन्छ।
  • सन् २०१५ मा १० हजारभन्दा धेरै बाल–बालिका बलात्कारको शिकार भएका थिए।
  • भारतमा २४ करोडभन्दा धेरै महिलाको १८ वर्ष नपुग्दै विवाह हुन्छ।
  • सरकारले गरेको सर्वेक्षणमा सहभागि भएका बाल–बालिकामध्ये ५३ दशमलव २२ प्रतिशतले कुनै न कुनै रुपमा यौन दुव्र्यवहार सामना गर्नुपरेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.