काठमाडौं : अजय सुब्बाको स्वर तथा संगीतमा तयार भएको नयाँ गीत 'मेरो मुटु' को भिडियो यूट्युबमा सार्वजनिक भएको छ। श्रीराम अधिकारीले लेखेको यस गीतको भिडियो विदेशमा छायाँकन गरिएको छ। भिडियोलाई विदेशी क्यामेरापर्सन लियोनी र वरुनीले खिचेका हुन्। दृश्य सम्पादन पनि उनीहरुले नै गरेका छन्।
ओम म्युजिक मस्तीले सार्वजनिक गरेको गीतको भिडियोमा अन्जल अधिकारी र मोना कार्कीको अभिनय छ। भिडियोका निर्देशक गायक अजय सुब्बा आफैं हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।