थाइल्यान्ड राष्ट्रिय टिमका पूर्व खेलाडी मेन्नोईले कुल १ सय ५० प्रोफेसनल फाइटमा प्रतिस्पर्धा गरेका छन्।

|

काठमाडौं : नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय सेमीनारका लागि मुवाँ थाईका अन्तर्राष्ट्रिय प्रशिक्षक ताउईसाक मेन्नाइ नेपाल आइपुगेका छन्। नेपाल राष्ट्रिय मुँवाथाई संघले आयोजना गरेको अन्तर्राष्ट्रिय सेमीनारमा प्रशिक्षण गराउन मोनो नेपाल आएका हुन्। शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय मुँवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपती,अन्तर्राष्ट्रिय प्रो.मुँवा थाई फाइटर उमेश श्रेष्ठ,चिलिका मुवाँथाई फाइटर फसवाज,मुँवाथाईका प्रशिक्षक सन्तोस घलानलगायतले स्वागत गरेका थिए।

अन्तर्राष्ट्रिय मुँवाथाई सेमिनार ३ दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष कक्षपतीले बताए। सेमिनारमा जिल्ला,विभाग र केन्द्रका गरी २० मुँवाथाइ प्रशिक्षक र खेलाडीले सहभागिता जनाउनेछन्। सेमिनार त्रिपूरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण केन्द्रमा हुनेछ।

थाइल्यान्ड राष्ट्रिय टिमका पूर्वखेलाडीसमेत रहेका मेन्नोईले कुल १ सय ५० प्रोफेसनल फाइटमा प्रतिस्पर्धा गरेको संघका अध्यक्ष कक्षपतीले बताए। १५औँ तहका प्रशिक्षक मेन्नोई सिम्यौत थाइ मार्सल आर्ट एकेडेमीका सचिवसमेत हुन्। अन्तर्राष्ट्रिस्तरका सफल मास्टरको प्रशिक्षण पश्चात नेपालमा मुँवाथाई खेलको स्तर बढ्ने कक्षपतीले विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.