|

लहान : सिरहाको लहान नगरपालिका १३ की १३ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको भन्दै पीडित परिवारले तीन जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । 

लहान–१३ का १९ वर्षीय सरोजकुमार मुखिया, १९ वर्षीय अरुण साह र २१ वर्षीय लालु पासवानविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएको हो। पीडित बालिकालाई आरोपीहरूले साउन ३२ गते सामूहिक बलात्कार गरेको किटानीसहित जाहेरी दिएको प्रहरीले जनाएको छ। 

लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भदौ १ गते पीडित बालिकाको  स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय लहानका नायब उपरीक्षक हिराबहादुर पाण्डेले बताए। प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार घटनालगत्तै फरार रहेका आरोपीहरुको किटानी जाहेरी परेपछि प्रहरीले खोजी तीब्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्याङ्क अनुसार आ.व.२०७३\०७४ मा सिरहा जिल्लाका विभिन्न ठाउँमा गरी जबरजस्ती करणीका २६ र जबरजस्ती करणी उद्योगका ११ वटा घटना दर्ता भई मुद्दा चलिरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.