विराटनगर : करेण्ट लागेर मोरङमा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
सोही गाउँपालिका–४ स्थित हिमालय सिटी रिक्सा उद्योगमा काम गर्ने साह उद्योगको छाना सफाइ गर्ने क्रममा बिजुलीको तार छुँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।