|
तस्बिर : नवराज श्रेष्ठ

रामेछाप : रामेछापमा हालसम्म यस वर्ष आएको बाढी पहिरोका कारण लगभग ८ करोडको क्षति भएको छ। ३१ साउन मध्यराती आएको बाढीपछि रामेछापमा ठूलो मात्रमा भौतिक सामग्री तथा मानवीय क्षति भएको हो। रामेछापको लिखु गाउँपालिका-६ मा साउन ३१ गते गएको बाढी पहिरोको कारण मात्रै ७ करोड ९२ लाख २ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।

जिल्लामा हालसम्म बाढी पहिरोका कारण खानेपानीतर्फ ५२ लाख, १९ वटा भर बाढीले बगाउँदा ४३ लाख ३३ हजार सडक र पूलतर्फ ६ करोड ५ लाख, कृषि तथा पशुतर्फ ३४ लाख २८हजार र विद्युत्तर्फ २ लाख ४१ हजार क्षति भएको पमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। उनले जिल्लामा बाढी पहिरोका कारण बढी मात्रामा सडक, खानेपानी र कृषिमा क्षति पुगेको बताउँदै बाढीपीडितलाई पहिलो चरणको राहत सामग्री वितरण भएको र दोस्रो चरणको राहत वितरणको तयारीमा रहेको बताए।

 रामेछापमा यो वर्ष बाढी पहिरोका कारण २ जनाको ज्यान गएको छ भने ३ जना अझै बेपत्ता छन्। ३१ साउनको बाढीपहिरोका कारण घाइते हरुको काठमाडौं ट्रमा सेन्टरमा अझै उपचार भइरहेको छ। पछिल्लो समय २५ साउनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको धेरै स्थानमा रहेका बस्ती पहिरोका कारण जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.