|

भक्तपुर : बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण एवं ठूलो पर्व पञ्चदान शनिबार भक्तपुरमा धुमधामले मनाउँदै छन्। विषेशगरी बौद्धधर्मावलम्बीहरुले मनाउने यस पर्वको अवसरमा शनिबार भक्तपुरका पाँच दीपंकर बुद्धले परिचित प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चतुर्ब्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारका बुद्धहरुलाई विहारबाट बाहिर ल्याएर सूर्यमढी डबलीमा ल्याइन्छ।

त्यहाँ भिक्षा ग्रहण गरिसकेपछि पाँच दीपंकर बुद्धलाई नगर र नगरका विभिन्न गल्ली–गल्ली परिक्रमा गराई भिक्षा दान लिने परम्परा रहेको छ। अन्तमा साकोथाको चतुर्ब्रह्म महाविहारमा पुगेपछि पाँच दीपंकर बुद्धहरु छुट्टिएर आ-आफ्नो महाविहारमा फर्किने प्रचलन रहेको छ। बौद्ध धर्मालम्बीको धार्मिक विधिअनुसार  पूजाआजा गरी पाँच दीपंकर बुद्धहरुलाई विशेष गरी पञ्च दानका रुपमा धान, चामल, गहुँ, हरियो केराउ र ढिके नुन दान दिने प्रचलन रहेको छ।

आजको दिन पाँच दीपंकर बुद्धलाई भिक्षा दिएमा मानव जीवनमा आइपरेका दुःख कष्टबाट मुक्त हुनुका साथै घरमा लक्ष्मीको कृपा बढ्ने बुद्ध रत्न शाक्यले जानकारी दिए। आजको दिनमा शाक्य मुनीहरुले भिक्षा ग्रहण नगरी अन्न खान नहुने परम्परा रहेको छ।

पञ्चदानलाई स्थानीय भाषामा पंजदान (पंजरां) भनिन्छ। पंजदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो। यसदिनमा पृथ्वीबाट उब्जेको अन्न, तरकारी र फलपूmल लगायत पाँच प्रकारका वस्तु दान गरिन्छ।

पूजामा धुप, दीप, गन्ध, र रस, भोजन सामाग्रीमा धान, चामल, गहुँ, क्वाटी, केराउ, मास आदि, पेय पदार्थमा सख्खर पानी , सिसाफल, (फलपूmल), औषाधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय वस्त्र, आसन, खरी ढुंगा (चक), दतिवन आदी दान गर्ने परम्परा रहेको छ।

बौद्ध धर्मावलम्बीहरू दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परासमेत छ। नगरपरिक्रमा गर्दा परम्परागत गँुला धाँ ः बाजा, दाफा भजन, श्रृङ्गभेरी बाजा बजाएर नगर परिक्रमा गर्ने गर्दछन्। बौद्ध धर्मावलम्बीले यसदिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनआस्था रहेको छ। आजको दिन दिपंकर बुद्धहरु छुट्टिने समयमा पाँच दाजुभाइ हुनेले हेर्न नहुने कथन छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.