|

काठमाडौं: फ्लोरिकल्चर एशोसिएशनले आफ्नो रजतजयनत्तका अवसरमा बागमती किनारामा वृक्षारोपण अभियान सुरु गरेको छ।

शनिबार एसोसियसनको रजत जयन्तीको अवसरमा  कृषि विकास मन्त्री रामकृष्ण यादवले बागमती किनारमा वृक्षारोपण गरेका हुन्। मन्त्री यादबवले धार्मिक महत्व बोकेको रुद्राक्षको बिरुवा रोपेर अभियान सुरु गरे।

कोटेश्वर महादेवस्थान नजिक बागमती नदी किनारमा १ मिटरभन्दा अग्ला १ हजार बिरुवा रोपिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए।

फ्लोरिकल्चर एशोसिएसन २५ औँ वर्षमा पुगेको अवसरमा यस वर्ष विभिन्न कार्यक्रम गर्ने एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए।  नेपाली रैथाने तथा धार्मिक महत्व बोकेका बोट बिरुवाहरु वृक्षारोपण गरिएको फ्यानका उपाध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.