|

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघमा अनापश्यक राजनीति गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलामा अध्यक्ष ओलीले यस्तो आरोप लगाए। 

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादीभित्र पत्रकारको खडेरी परेको बताए। ‘विवेकलाई बन्धक राखेर काजमा आएका राजनीतिक दलका नेतालाई रोज्ने कि पत्रकारिता क्षेत्रलाई ज्युँदो राख्ने ?’ ओलीले भने। 

अध्यक्ष ओलीले स्वतन्त्र प्रेसको परिभाषाभित्र कहिलेदेखि गैर पत्रकार देखिन थाले भनि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे। वक्तव्यको पुरै समय कांग्रेस र माओवादीको आलोचना र व्यड्ग्यमा खर्चेका अध्यक्ष ओलीले आवरणको नभई मर्यादित पत्रकारिताको पक्षमा पत्रकारका संघ संस्था हिंड्नुपर्ने बताए।

एमालेले पत्रकार र तीनका संस्थालाई थिचोमिचो नगर्ने र अनावश्यक निर्देशन पनि नदिने उनले बताए। नेपाल पत्रकार महासंघले महाधिवेशन मार्फत सोमबार आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • TIMI CHAI AALU GODIRA CHOU ?!