|

काठमाडौं : नेपाल पत्रकार महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।

निर्वाचन समितिका संयोजक चिरिञ्जीवी खनालले शनिवार विहान १० बजेदेखि निर्वाचन कार्यतालिका सुरु भएको जानकारी दिए। उनका अनुसार उम्मेदवारी मनोनयन प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित महाधिवेशन स्थलमा आइतबार दिउसो १२ देखि ३ बजेसम्म हुने भएको छ।

शनिबार १० बजे मतदाता नामावली प्रकाशन, १० देखि १२ बजेसम्म मतदाता नामावलीमाथि विरोध, दिउसो ३ देखि ४ बजेसम्म मतादाताको नामावलीमाथि दाबी विरोध राखिएको थियो। समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। 

नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको समितिका संयोजक खनालले जानकारी दिए। मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुनेछ।

महाधिवेशनले महासंघको ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। महाधिवेशनमा एक हजार ५१५ केन्द्रीय सभासद मतदान प्रक्रियामा सहभागी हुनेछन्। ४७ सदस्यीय केन्द्रीय समितिका तीनजना मनोनित गर्ने विधानको व्यवस्था छ।  

महासंघको अध्यक्ष पदका लागि तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरले उम्मेदवारी घोषणा गरिसकेका छन्।

मतदाताको अन्तिम नामावली

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.