|

काभ्रे : गृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्माले कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीले मात्रै मुलुकमा स्थिरता ल्याउने बताएका छन्।

शनिबार काभ्रेको भकुण्डेमा नमोबुद्ध नगर कमिटीको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीले नयाँ एजेण्डालाई उठान गर्दै आर्थिक समृद्धिमार्फत खाद्य सम्प्रभूताको नारालाई समेत अगाडि सारेको बताए। 

नेता शर्माले माओवादी कुरा गर्ने मात्रै नभइ व्यवहारमा समेत काम गरेर देखाउने पार्टी भएको दाबी गरे। उनले भने ‘हामीले जे एजेण्डा उठाएर अगाडि बढेका छौं।अहिलेसम्म त्यो व्यवहारमा नै गरेर देखाउँदै आएका छौं। अब एक पटक सबै तह र तप्काबाट जुरुक्क उठौं र पहिलो पार्टी भएर देश र जनताको पक्षमा काम गर्ने प्रण गरौं।’

केही समय जनताको माझमा गरेका प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न नसकेको उनको स्विकारोक्ति छ। पार्टी फुट र विभाजनले गर्दा समस्या उब्जेको उनले बताए। ‘केही समय पार्टीले उठाएको नारालाई कार्यान्वयन गर्न सकेनौं। त्यो पार्टीभित्रको विभाजन र टुटफुटले समस्या देखिएको थियो,’ उनले भने,‘अब त्यो हटिसक्यो, फुटेर गएकाहरु समेत पुन जोड्दै आएका छन् । त्यसैले अब कतै विचलित नभइ अगाडि बढ्ने प्रण गर्दै पार्टी एकताबद्ध बनाउन लागौं।’

उनले घाइते, अपाङ्ग र शहीद परिवार पार्टीको साथमा तथा समावेशी समानुपातिकको एजेण्डा पार्टीको सम्पत्ति भएको बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ(लालध्याज)ले राजनीतिक बेथितिको अन्त्यै गर्दै विचारबाट निर्देशित पार्टी बनाउन लाग्नुपर्ने जोड दिए। कार्यक्रम नमोबुद्ध नगर कमिटीका संयोजक रत्न लामाको अध्यक्षतामा भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.