|
प्रतीकात्मक तस्विर

उदयपुर : जिल्लाको रौतामाई गाउँपालिका–४ पोखराबासी सात महिनादेखि अन्धकारमा छन्, गाउँमा बिजुली नपुगेर भने होइन। बिजुलीको लाइनका कारण गाउँमा अत्यधिक चट्याङ पर्न थालेपछि साविकको पोखरी गाविस सल्ले गाउँका सर्वसाधारण आफैंले विद्युतको लाइन काटेर सात महिनादेखि अँध्यारोमा बसिरहेका हुन्।

गत वर्ष परेको चट्याङले गाउँका तीन जनाको मृत्यु भएपछि डरका कारण बिजुलीको लाइन काटेर अँध्यारोमा बस्न बाध्य भएको स्थानीय महेन्द्र सिग्देलले बताए।
‘गड्याङगुडुङ गर्नेबित्तिकै चट्याङ पर्ने भएकाले धेरै डराए’, सिग्देलले भने, ‘डरभन्दा ठूलो केही रहेनछ। आफैंले दुःख गरेर बालेको बिजुली आज आफैं काटेर बस्न बाध्य भएका छौं।’

३२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको स्थानीय विद्युत् योजनाका लागि स्थानीयले १० लाख रुपैयाँबराबरको श्रमदान गरेका थिए। २०६२ सालमा सञ्चालनमा आएको स्थानीय हुल्मा हाँडीखोला लघु जलविद्युत परियोजनाबाट उत्पादित १६ किलोवाट क्षमताको बिजुली बाल्दै आएका गाउँलेले अहिले अन्धकार रोजेका हुन्।

स्थानीय कनकबहादुर परियार भन्छन्, ‘गएको वर्ष चट्याङले तीन जनाको मृत्यु भएपछि बिजुलीको तारकै कारण चट्याङ परेको अनुमान गर्दै लाइन काटेर अन्धकारमा बसेका हौं।’ स्थानीयका अनुसरा एक वर्षयता पटक–पटक परेको चट्याङका काारण १२ जना घाइते भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.