|

जनकपुर : जनकपुरसहित समग्र तराई मधेसको आर्थिक विकासको मेरुदण्ड मानिएको नेपालको एकमात्र रेल सेवा आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलपुरासम्म रेलमार्ग पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। 

रेलमार्ग पुनर्निर्मा० गरिरहेको भारतीय पक्षले फागुनसम्ममा रेलसेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। नेपालको एकमात्र जनकपुर जयनगर रेलमार्ग पाँच वर्षदेखि पूर्ण रुपमा बन्द थियो। जयनगरदेखि विजलपुरासम्मको ५१ किलोमिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको रेल विभाग साइट कार्यालय जनकपुरले जानकारी दिएको छ। 

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म कुल ६९ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माढ गरिने योजना भए पनि पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको छ। त्यसका लागि युद्धस्तरमा निर्माण भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए। 'रेल लिकमा माटो पुर्ने, ग्राभेल ओछ्याउने तथा पुलपुलेसाका कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ' उनले भने, '०१८ मार्चसम्ममा पहिलो चरणमा रेल सञ्चालन गर्ने लक्ष्यसहित काम अगाडि बढाइरहेका छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.