|

कालिकोट : कर्णाली राजमार्गअन्तर्गत कालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा शनिबार एक जनाको मृत्यु भएको छ। 

दैलेख चामुण्डा गाउँपालिका घर भई कालिकोटमा व्यापार गर्ने जगत शाहीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रमुख सुजन पन्तले जानकारी दिए। शनिबारदेखि पहिरो गएका कारणले राजमार्ग बन्द रहेको उनले बताए।

कर्णाली राजमार्ग अवरुद्ध हुदाँ सयौं यात्रु बाटोमा अलपत्र परेका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.