लहान: पोखरीमा डुबेर सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा एक बालकको मृत्यु भएको छ।
घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवका छोरा आठ वर्षीय राजु यादवको मृत्यु भएको हो।
साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।