|

रोल्पा : केही दिनयताको वर्षाका कारण रोल्पामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। जिल्ला अस्पताल रेउघा रोल्पामा  भाइरल ज्वरोका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५\२० जना रहने गरेको छ।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको अस्पतालले जनाएको छ। बालबालिका तथा ज्येष्ठ नागरिक भाइरल ज्वरोबाट बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले जानकारी दिए। भाइरल ज्वरो मौसमी समस्या भए पनि यो पटक विगतको तुलनामा बढिरहेको डाँगीले बताए। 

यसैगरी जिल्लाका स्वास्थ्य संस्थामा झाडापखाला, आउँ, रगतमासीका बिरामीहरु पनि बढेको बताइएको छ। झाडापखालाका कारण उपचार गर्न जिल्ला अस्पतालमा मात्र दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको बताइएको छ। फोहोर पानीका कारण टाइफाइड र कमलपित्त पनि देखिन थालेकोे उडाँगीले जानकारी दिए।

पानी शुद्धीकरण गरेर प्रयोग गर्न, नियमित रूपमा शौचालय प्रयोग गरी साबुन पानीले हात धुन तथा मास्क प्रयोग गर्न जिल्ला अस्पताल रोल्पाले सर्वसाधारणमा अनुरोध गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.