|

गुल्मी : गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड तीन दिनलाई बन्द भएको छ। सडक चौडा पार्ने काम गरिरहेकाले सडक बन्द गरिएको निर्माण कम्पनीले जनाएको छ। निर्माण कार्य भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पहान पुलनजिकै ठूलो चट्टानलाई चौडा पार्ने काम गर्ने भन्दै बाटो बन्द गरिएको निर्माण कम्पनीका इन्जिनियर नवीन सापकोटाले जानकारी दिए।

आइतबारबाट मंगलबारसम्म उक्त सडक बन्द गरेर सड्कको चौडा पार्ने काम भइरहेको सापकोटाले बताए। बाटो बन्द भएसँगै सदरमुकामबाट पश्चितर्फ आउने जाने धेरै सडक बन्द हुनेछन्। ३ दिनलाई बन्द सडक ७ भदौबाट मात्र सुचारु हुनेछ। सड्क बन्द भएसँगै सयौं सवारीसाधन तथा यात्रु मारमा पर्नेछन्।

 सडक बन्द भएसँगै अन्य स्थानबाट वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्न निर्माण कम्पनीले आग्रह गरेको छ। उक्त सड्कको दुइवर्ष देखि कालिका कन्टक्सनले निर्माण कार्य गर्दै आएको छ। कम्पनीले तम्घास देखि सिमलटारी सम्मको सडक कालोपत्रे गर्न अन्तिम चरणमा पु¥याएको छ।       

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.