|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने गरी सम्बन्धन दिएको छ। साउन १२ गते बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको त्रिविका राजिष्टार डा.डिल्लीराम उप्रेतीले जानकारी दिए। 

सर्वोच्च अदालतले एक महिना अघि मात्रै काठमाडौं नेशनललाई सम्बन्धन दिनु भन्ने आदेश दिएकाले उक्त आदेश कार्यान्वयन गर्दै सम्बन्धन दिएको डा. उप्रेतीले बताए। उनले भने 'सर्वोच्चले अन्तिम पटक पटक ताकेता गर्नु नपर्ने गरी फैसला कार्यन्वयन गर्नु गराउनु भनेर दिएको निर्देशनका आधारमा हामीले सम्बन्धन दिएका हौं।'

उपत्यकामा १० बर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै अनशन बसे पनि त्रिविले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.