|
सांकेतिक फोटो

भारत र चीन दुई देश परमाणु हतियारधारी हुन्। चीन विश्वको ठूलो सैन्य शक्ति भएको देश हो भने भारत पनि परमाणु हतियार भएको देश हो। यी दुई देशका सैनिक सीमानामा आमने सामने भएका छन्। चीनको सेनाले भुटानको दोक्लामस्थित सीमानामा सडक निर्माण गरिरहदा भारतीय सेना त्यहाँ पुगेको छ। जसका कारण यी दुई देशका सैनिक युद्धको नजिक छन्।

यसैबीच भारत र चीनका सेना जम्मु काश्मिरको लद्दाख स्थित प्योङयोङ ताल नजिकै सीमानामा धक्का मुक्की गरिरहेको भिडियो सार्वजनिक भएको छ। अगस्ट १५ मा चिनियाँ र भारतीय सेना आमनेसामने भएको भिडियोमा भारत र चीनका सेना एक अर्कालाई मुक्का र लात्तिले हानिरहेको तथा धकेलाधकेल गरिरहेको देखिएको छ। यो घटनालाई भारत र चीनका अधिकारीहरुले यसअघि नै पुष्टी गरिसकेका छन्।

यसमा भारतले चिनयाँ सेना आफ्नो क्षेत्रमा प्रवेश गरेकोले हातेसाङ्लो बनाएर रोक्न खोज्दा आफ्ना सेनामाथि ढुंगा हानिएको दावी गरेको छ भने चीनले अश्वीकार गरेको छ। भारतले घटनामा आफ्ना केही सैनिक घाइते भएको दावी गरेको छ।

हेर्नुस् भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.