|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा आइतबार ८ जना राज्य मन्त्री थपिने भएका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट राज्य मन्त्री सिफारिस भएका ८ जनाले आइतबार नै शपथ लिने प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। 

राज्य मन्त्रीको जिम्मेवारी पाउनेमा गृहमा श्यामकुमार श्रेष्ठ, परराष्ट्रमा रामसिंह यादव, उर्जामा मोहम्मद जाकिर हुसेन स्वास्थ्यमा शम्भुलाल श्रेष्ठ, आपूर्तिमा कर्णबहादुर विक, शहरी विकासमा छमबहादुर गुरुङ, पशुपंक्षी विकासमा गोमा कुँवर, सामान्य प्रशासनमा वाङ्दी शेर्पा रहेका छन्। उनीहरुको शपथ साढे ४ बजेका लागि तोकिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.