लेखा समितिमा ६ को उम्मेदवारी

|
फोटोः रासस

काठमाडौं : नेपाल पत्रकार महासंघको जारी २५ औँ महाधिवेशनमा ११७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। महासंघ केन्द्रीय समितिका ४७ पदमा १११ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। लेखा समिति संयोजकसहित दुई सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ।

महासंघको निर्वाचन समितिले महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गरेका पत्रकारको अन्तिम सूची आइतबार साँझ प्रकाशित गरेको छ।

अध्यक्षका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्रबहादुर राउत र भावना विद्रोहीले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघको नयाँ नेतृत्व चयनका लागि देशभरबाट छानिएका एक हजार ५१५ जना केन्द्रीय सभासदले सोमबार मतदान गर्नेछन्। 

हेर्नुस् कुन पदका कसको उम्मेदवारी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.