|
Photo : salonpricelady.com

वीरगन्ज : भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो) काट्ने घटनाले पर्सा र बाराका महिलामा त्रास छाएको छ। साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पर्सा र बारामा २० महिलाको चुल्ठो काटिएको घटना सार्वजनिक भएको छ।

साउन २९ गते १ जना, ३२ गते १ जना, भदौ १ गते ६ जना, २ गते ७ जना र ३ गते ५ जना गरी साताभित्रै २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आएको पर्साका एसपी सुदीप गिरीले बताए।

वीरगन्ज महानगरपालिका- १६ नगवाकी ३० वर्षीया महिला बगडी चमारिन् साउन २९ गते चुल्ठो काटिएर बेहोस अवस्थामा नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएपछि घटना सार्वजनिक भएको थियो।

त्यसयता दिनहुँ पर्सा र बारामा महिला र युवतीको चुल्ठो काटिएको घटना बाहिर आइरहेको छ। एसपी गिरीका अनुसार भदौ ३ गतेसम्म सार्वजनिक भएका २० वटा घटनामध्येका अधिकांश पीडित महिलाले आफ्नो टाउकोको पछाडिपट्टिको भागमा कुनै अज्ञात जीवले झट्का दिएपछि बेहोश भएको र होसमा आउँदा कपाल काटिएको थाहा पाएको बताएका छन्।

केही पीडितले भने अचानक अपरिचित मानिसको चित्र जस्तो देखिएको र उसले टाउकोमा प्रहार गरेपछि बेहोश भएको बयान दिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.