|
Photo : goal.com

काठमाडौं : फूलब्याक मार्कोस अलन्सो नायक सावित हुँदा साविकको विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। गएराति भएको खेलमा चेल्सीले बलियो प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरलाई २-१ ले पराजित गर्‍यो।

२४औं मिनेटमा पाएको फ्रिकिकलाई सिधै जाली चुमाउँदै अलन्सोले टोलीलाई अग्रता दिलाए। ८२औं मिनेटमा टोटनह्यामका क्रिस्टियन इरिक्सनले प्रहार गरेको फ्रिकिक चेल्सीका फरवार्ड मिची बत्सुएको टाउकोमा लागेर पोस्टको दिशा लिँदा खेल १-१ को बराबरीमा पुग्यो। ८८औं मिनेटमा सनसनीपूर्ण गोल गर्दै अलन्सोले चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाए।

पहिलो खेलमा चेल्सी बर्नलीसँग घरेलु मैदानमै पराजित भएको थियो। टोटनह्यामले भने न्युक्यासललाई पराजित गरेको थियो।

प्रतियोगिताअन्तर्गत आइतबार साँझ भएको अर्को खेलमा हडर्सफिल्ड टाउनले न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गर्‍यो। हडर्सफिल्डको जितमा अष्ट्रेलियन प्लेमेकर एरोन मोएले गोल गरे। गत सिजन लोनमा हडर्सफिल्डका लागि खेलेका मोए जारी सिजन म्यान्चेस्टर सिटीबाट १० मिलियन पाउण्डमा हडर्सफिल्डमा आवद्ध भएका हुन्।

हडर्सफिल्डको यो लगातार दोस्रो जित हो। यी दुवै टोली यसै सिजन प्रिमियर लिगमा बढुवा भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.