डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु भएको छ। जोगबुडा बजारबाट घर जाने क्रममा आइतबार राती साढे ८ बजेतिर पुन्तुरा खोलाले बगाउँदा परशुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका ४५ वर्षीय वडा सदस्य नरबहादुर धामीको मृत्यु भएको हो।
धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट परशुराम नगरपालिका वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका थिए। खोलामा बगेका धामीको शव सोमबार बिहान बगेको स्थानबाट करिब १ किलोमिटर तल फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।