|

काठमाडौं : नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको छ। सोमबार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ। 

महासंघको अध्यक्षसहित ४७ सदस्यीय केन्द्रीय समिति चयनका लागि एक सय ११ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै लेखा समिति संयोजक र अन्य दुई सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालसहितको गठबन्धनबाट गोविन्द आचार्य, प्रेस चौतारी, प्रेस सोसाइटी र संघीय प्रेस फोरमको गठबन्धनबाट तीर्थ कोइरालाले उम्मेदवारी दिएका छन्। त्यस्तै उजिर मगर, इन्द्रबहादुर राउत र भावना विद्रोहीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। 

महासंघको नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका १५ सय १५ जना केन्द्रीय सभासदले मतदान गर्नेछन्। सोमबार विहानदेखि नै पत्रकारहरु मतदानका लागि लाइन बसेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.