|

काठमाडौं : सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै निर्वाचन मंसिर १० गते एकसाथ गर्ने निर्णय गरेको हो।

यसबारे निर्वाचन आयोगलाई पत्राचार गरिने सरकारका प्रवक्ता एवम् सूचना तथा मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। 'मंसिर १० गते दुवै तहको निर्वाचन गर्ने भनेर सहमति भएको छ,' बैठकपछि प्रवक्ता बस्नेतले भने, 'निर्णय गर्दा एक वा दुई चरण भनिएको छैन। १० गते निर्वाचन गर्ने भनेर निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको छ, के गर्दा उपर्युक्त हुन्छ, निर्वाचन आयोगले गर्ला।'

साथै बैठकले संसदमा विचाराधीन संविधान संशोधनलाई आजै मतदानमा लैजाने निर्णय पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.