|

दमक : झापाको बिर्तामोडमा आइतबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– ५ का ५५ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

उनलाई आइतबार दिउँसो बाटो काट्ने क्रममा मे २ प ३५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.