राजनीति

प्रधानमन्त्रीले भारत भ्रमणमा विभिन्न बाँधबाट नेपालीले भोगेको सास्तीबारे कुरा उठाउने
SHARES

भदौ ५, २०७४

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न भारत भ्रमणमा दुई देशबीच भएका विभिन्न सन्धि/सम्झौता तथा भारतले बनाएका बाँधबाट नेपाली जनताले पाएको सास्तीबारे कुरा उठाउने भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री मोनबहादुर बस्नेतले यस्तो जानकारी दिएका हुन्।

    'पुराना सन्धि/सम्झौता; लक्ष्मणपुर, कोसीलगायतका बाँधबाट भएको क्षतिबारे कुरा उठ्छ,' बस्नेतले भने, 'भारतले कोसी बाँध बनाउँदा प्रभावित क्षेत्रका बासिन्दालाई दिने भनेको ५० करोड रुपैयाँ अझै दिएको रहेनछ, त्यसबारे पनि कुरा हुन्छ।' पञ्चेश्वर परियोजनाबारेसमेत कुराकानी हुने उनको भनाइ छ।

    साथै प्रधानमन्त्रीले भूकम्पपीडित राहका लागि भारतले दिने भनेर प्रतिबद्धता जनाएको रकम अझै नदिएकोबारे कुरा उठाउने बस्नेतले जानकारी दिए। यसका अलावा सन १९५० को सन्धि, सुपुर्दगी सन्धि, नेपाल/भारत रेल्वे सञ्चालन तथा वाणिज्य व्यापार र लगानीको विषय पनि छलफलको एजेण्डा रहेको उनको भनाइ छ।

    प्रधानमन्त्री यही भदौ ७ गते बुधबार भारत भ्रमणमा जाँदैछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]