स्वास्थ्य

बैतडीमा ३ हजार बढीले गराए स्वास्थ्य बिमा
SHARES

भदौ ५, २०७४

    बैतडी :  नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम बैतडीमा प्रभावकारी बन्दै गएको छ। विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सुरु गरिएको बिमा कार्यक्रममा हालसम्म ३ हजार २७ जनाले स्वास्थ्य बिमा गराएका छन् भने ३ सय २० जनाले बिमा पछिको उपचार सेवा लिएका छन्।

    गत पुसदेखि जिल्लामा स्वास्थ्य बिमा लागू भएपछि गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन्। प्रत्येक परिवारमा ५ जना सम्मको लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्ने गरेको छ।

     बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजार सम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ। तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिनेछ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा लागू भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रबन्धक जनक साउँदले बताए।

    घरदैलो अभियानमा दर्ता सहयोगी

    बैतडीमा ७० जना दर्ता सहयोगीलाई तालिम दिएर घरदैलो कार्यक्रम गरी स्वास्थ्य बिमाबारे जानकारी गराउनुका साथै बिमा संकलन गर्न थालिएपछि सर्वसाधारणको आकर्षण बढ्न थालेको हो। तर, अझै लक्ष्यअनुसार बिमा गर्न नसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ। ‘ग्रामीण क्षेत्रका सबै घरमा अझै दर्ता सहयोगी पुग्न सकेका छैनन्,’ जिल्ला प्रबन्धक साउँदले भने, ‘तोकिएका स्वास्थ्य संस्था टाढा भएकाले स्थानीयले सहज रुपमा उपचार सेवा लिन सकेका छैनन्।’

    सूचीकृत स्वास्थ्य संस्थासम्म सहज रुपमा पहुँच नहुँदा सोचेअनुरुप सर्वसाधारणले बिमा गर्न सकेका छैनन्। गाउँमा सम्झाई बुझाई गरे पनि धेरै बिमांक खेर जाने भन्दै बिमा नगर्ने गरेको दशरथचन्द नगरपालिका ७ ग्वाल्लेकका दर्ता सहयोगी कमलापति जोशीले बताए। तर, पछिल्लो समय बिमा गर्नेको संख्या तुलनात्मक रुपमा बढेको उनले बताए। ‘अझै पनि नागरिक ससंकित नै छन्,’ उनले भने, ‘तर पछिल्लो समय नागरिकमा स्वास्थ्य बिमाबारे सुरुको जस्तो अनविज्ञता छैन्।’

    बैतडीमा जिल्ला अस्पताल, पाटन र मेलौली प्राथमिक स्वास्थ्य केन्द्र, डडेल्धुराको उपक्षेत्रीय अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा राखिएको छ। दोस्रो रिफरल बिन्दुको रुपमा कोहलपुर मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र काठमाडौंका ९ वटा अस्पताल तोकिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]