राजनीति

दाङमा ५० हजार मतदाता थपिए, घोराहीमा सबैभन्दा बढी
SHARES

भदौ ५, २०७४

    दाङ  : निर्वाचन आयोगले साउन १ गतेदेखि सुरु गरेको फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा ४९ हजार ४ सय २२ जनाले नाम दर्ता गराएका छन्।

    थपिएका मतदातामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा रहेका छन्। जिल्ला निर्वाचन कार्यालयमा एक महिनाको अवधीमा १९ हजार ३ सय ६९ जना मतदाताले नाम दर्ता गराएका छन्। तुलसीपुर उपमहानगरपालिकामा ९ हजार १ सय, लमही नगरपालिकामा ४ हजार ९ सय ८७, राप्ती गाउँपालिकामा ५ हजार १८ र गढवामा ३ हजार ३ सय ७२ जना मतदाताले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिए।

    त्यसैगरी, राजपुर गाउँपालिकामा १ हजार ६ सय ५०, शान्तिनगरमा १ हजार ५ सय ९२, दंगिशरणमा १ हजार ६ सय ४७, बबईमा २ हजार ४ र बंगलाचुलीमा ६ सय २० जना मतदाताले फोटो सहितको नामावलीमा नाम दर्ता गराएका छन्। थपिएका मतदातामा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ।

    पुरुष भन्दा ४ हजार ६२ ले महिलाको संख्या रहेको छ। २६ हजार ७ सय ४२ जना महिला र २२ हजार ६ सय ८० जना पुरुषले नाम दर्ता गराएको कार्यालयले जनाएको छ। यसअघि फागुन १९ गतेसम्म २ लाख ९१ हजार १ सय ७५ मतदाता रहेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]