समाज

बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
SHARES

भदौ ५, २०७४

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दार राहत तथा पुनर्स्थापनाका लागि एक महिनाको तलब सहयोग गरेकी छन्। उनले पीडित जनताको राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोगार्थ एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी हुन्।

    प्रधानमन्त्री कोषमा राष्ट्रपति कार्यालयका अन्य कर्मचारीहरुले पनि सहयोग गरेका राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति मार्फत जानकारी दिएको छ। राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, स्वकीय सचिवसहित अन्य सचिवबाट पाँच दिनको,स्वकीय सहसचिवसहित अन्य सहसचिवहरुले तीन दिनको, उप सचिव तथा शाखा अधिकृतहरुबाट दुई दिनको तथा  सहायक स्तरका सबै कर्मचारीहरुले एक दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा परेका छन्।

    साउन २७ गते रातिको ठूलो वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण तराईका अधिकांश जिल्ला प्रभावित भएको छ। बाढी, डुवान र पहिरोका कारण प्रभावितको उद्धार रातह तथा पुनर्स्थापनाका लागि भन्दै  प्रधामन्त्री र मन्त्रीहरुले एक महिनाको तलब सहयोग गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले एक एक महिनको तलब सहयोग गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]