डडेल्धुरा : कैलालीको खानीडाँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, २१ घाइते भएका छन्।
धनगढीबाट डोटीको बीपीनगरका लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस सोमबार दिउँसो २ बजेतिर सडकबाट १ सय ५० मिटर तल खसेको हो।
दुर्घटना डोटी गडसेराका ६० वर्षीय नरबहादुर देउवाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुलाई अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।