|

कालिकोट : डोल्पाको सदरमुकाम दुनै हुँदै तिब्बतको मरिम्ला छुने मोटरबाटोको फुलपानी खण्डमा मोटरबाटो निर्माणको काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक कामदारको मृत्यु भएको छ। 

जाजरकोट–रुकुमको त्रिवेणी हुँदै डोल्पा मोटरबाटोको फुलपानी खण्डमा कामगर्दै गर्दा रुकुम साविकको आठबिसकोट ९ स्थायी घर भएकी ४२ वर्षकी पवित्रा बटालाको आइतबार माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक बटालाका १८ वर्षका छोरा गोपाल बटाला र पति टिकाराम बटाला गरी २ जना घाइते भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.