|

काठमाडौं : लामो समयदेखि चर्चामा रहेको संशोधन विधेयक फेल भएको छ।  सरकारले परिमार्जनसहित व्यवस्थापिका स‌ंसदमा पेश गरेको विधेयक पास हुनका लागि कम्तिमा संसदको दुई तिहाई बहुमत आवश्यक पर्छ।

प्रतिपक्षी एमाले र अन्यल दलहरुलाई समेत विश्वासमा लिन नसक्दा संसदबाट संविधान संशोधन विधेयक पारित गर्ने सरकारको योजना असफल भएको हो। यसअघि सरकारले गत चैत २३ गते संविधान संशोधन विधेयक पेश गरेको थियो।

संविधान संशोधन विधेयक पास हुनका लागि अहिले कायम सांसद संख्याको दुई-तिहाई अर्थात ३ सय ९५ जनाको समर्थन चाहिन्छ। तर, संसद्मा कायम रहेका ५ सय ९२ जना संसदमध्ये आज व्यवस्थापितका संसदमा ५ सय ५३ जनामात्रै उपस्थित भए। त्यसमध्ये ३ सय ४७ जनाले मात्रै संविधान संशोधन विधेयकको पक्षमा मतदान गरे।

प्रमुख प्रतिपक्षी एमालेसहित अन्य दलका २ सय ६ जना सांसदले विपक्षमा भोट खसाले। पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिकका २० जना, नेकपा मालेका ५ जना, नेपाल परिवार दलका २ जना तथा सत्तापक्ष र प्रतिपक्षकै केही सांसद् समेत जोडेर ३९ जना आजको मतदानमा उपस्थित भएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.