|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा १४ जना राज्यमन्त्री थप्ने भएका छन्। सरकारमा कांग्रेसबाट ११ र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री थपिन लागेका हुन्।

कांग्रेसबाट थपिने राज्यमन्त्रीमध्ये सभापति तथा प्रधामन्त्री देउवा पक्षधर ५ जना, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ४ जना, कृष्णप्रसाद सिटौंला पक्षधर १ जना तथा खुमबहादुर खड्का पक्षधर १ जना रहेका छन्।

रामचन्द्र पौडेल पक्षबाट केन्द्रीय सरिता प्रसाई झापा, सप्तरीका  तेजुलाल चौधरी, रोल्पाका अमरसिंह पुन र कञ्चनपुरका दिवानसिंह थापा सरकारमा जाने पक्का भइसकेको छ। तर उनीहरुले कुन-कुन मन्त्रालयको जिम्मेवारी पाउँछन् भन्ने विषय अझै टुंगो लागेको छैन।

देउवा,सिटौंला र खुमबहादुर पक्षधरले आफ्नो कोटाबाट राज्यमन्त्री बन्न लागेकाहरुको नाम सार्वजनिक गरेका छैनन्।

नेपाल लोकतान्त्रिक फोरमबाट राज्यमन्त्रीमा ३ जना थप हुनेछन्। तर को-को सरकारमा जानेछन् भन्ने विषयमा फोरमले पनि केही जानकारी उपलब्ध गराएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.