|

पाँचथर : डुबानका कारण तराई क्षेत्रमा गोलभेँडा नष्ट भएपछि यसको मूल्यमा तेब्बर वृद्धि भएको छ। पाँचथरका व्यवसायीहरुले किसानहरुको बारीमै पुगेर ४५ सय रुपैयाँ प्रतिक्विन्टलमा गोलभेँडा किन्न थालेका छन्। यसअघि प्रतिक्विन्टल १५ सय रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो।

गोलभेँडाको पकेट क्षेत्र मानिने याङबरक गाउँपालिका वडा नम्बर ६ का किसान छत्र राईले आफूहरुले गोलभेँडाको राम्रो भाउ पाएको बताए। ‘सुरुमा भाउ थिएन, प्रतिक्विन्टल १५ सय थियो,’ उनले भने, ‘अहिले त भाउ राम्रो छ।’ आफूले यसवर्ष २० क्विन्टल गोलभेँडा उत्पादन गरेर बेचिसकेको उनले बताए।

छिमेकी त्रिलोचन सिग्देल पनि राम्रो मूल्य पाएर खुसी छन्। उनले नगदे बाली गोलभेँडाबाट १ लाख रुपैयाँ आम्दानी गरिसकेको बताए। यस्तै याङ्वरक– ६ नाँगी र हिलिहाङ– १ अमरपुरका किसानहरुले टमाटरबाट लाखौँ रुपैयाँ आम्दानी लिएका छन्।

त्यस क्षेत्रका किसानले वर्षायाममा तराईलाई लक्षित गरी टमाटर उत्पादन गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.