|

दमक : झापाको गौरीगञ्जमा करेण्ट लागेर एकै परिवारका तीन जना गम्भीर घाइते भएका छन्। करेण्ट लागेर गौरीगञ्ज–१ स्थित कुञ्जिबारीका ५५ वर्षीय चन्द्र काफ्ले, श्रीमती ४७ वर्षीया राधिका र छोरी २४ वर्षीया धमना रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

गएराति घरमा बसिरहेका बेला ‘मेन लाइन’को तार चुँडिदा उनीहरुलाई ‘हाई भोल्टेज’को करेण्ट लागेको थियो। गम्भीर अवस्थाका उनीहरूको उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा  भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.