|
प्रतीकात्मक तस्विर

डडेल्धुरा :  परशुराम नगरपालिकामा करेण्ट लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ। कैलालीको हसुलिया गाउँपालिका घर भएका ३५ वर्षीय सुन्दर चौधरीको ज्यान गएको हो। 

नेपाली सेनाको क्याम्प निर्माण गर्ने क्रममा करेण्ट लागेर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका नायब निरीक्षक गोविन्दसिंह बोहराले जानकारी दिएका छन् । 

चौधरीको शव अहिले पोष्टमार्टमको लागि जोगबुडा अस्पतालमा राखिएको प्रहरी नायब निरीक्षक बोहराले जानकारी दिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.