|
फाइल फोटो

विराटनगर : निर्वाचन आयोगले मोरङमा पछिल्लो पटक गरेको मतदाता नामावली संकलनका क्रममा ८१ हजारले नाम दर्ता गरेका छन्। 

मोरङमा ८१ हजार ८ सय ६२ जना नयाँ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ। थपिएका मतदातामा ४१ हजार ४ सय ७८ महिला र ४० हजार ३ सय ८३ पुरुष रहेका छन्। 

थपिएका मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी २० हजार ९ सय ८७ जना मतदाताको नाम संकलन भएको क्षेत्रीय निर्वाचनन कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले बताए।

साउन १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म भएको थियो। निर्वाचन आयोगले मोरङका १७ स्थानीय तहलाई केन्द्र बनाएर फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो।

मोरङमा बसाइँसराइ गरेर आउनेको चाप बढी भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको अनुमान गरिएको छ। यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङमा ५ लाख ७२ हजार  मतदाता थिए। थपिएका मतदातासमेत जोड्दा मोरङको कुल मतदाता संख्या साढे ६ लाख नाघेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.