|

काठमाडौं : नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा प्रेस युनियन, प्रेस सेन्टरलगायतका संगठनको गठबन्धनमा उम्मेदवार बनेका गोविन्द आचार्य ७३२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीको समर्थनमा उम्मेदवारी दिएका तीर्थ कोइरालाले ६२७ मत ल्याए।

अध्यक्षका अलावा सम्पूर्ण पदाधिकारी पनि आचार्य प्यानलकै विजयी भएका छन्। उपाध्यक्षमा खुलातर्फ विपुल पोखरेल ७९६ तथा समावेशी उपाध्यक्षमा दिलिप थापामगर ८५९ मत ल्याएर विजयी भए। महासचिवमा निर्वाचित रमेश विष्टले ७५१ मत ल्याए।

यसपटक नेपाली कांग्रेसनिकट युनियन र माओवादी केन्द्रनिकट सेन्टरले गठबन्धन बनाएका थिए। एमालेनिकट चौतारीले भने नयाँ शक्तिनिकट प्रेस सोसाइटीसँग गठबन्धन बनाएको थियो। 

हेर्नुहोस् विजयीसहित सम्पूर्ण उम्मेदवारहरु सूची:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.