|

कालिकोट : कर्णालीका यार्सागुम्बाको पाइने हुम्ला, जुम्ला, मुगु र जुम्लाका पाटनहरुमा बर्सेनि हुने संकलन दोहनले यहाँका स्थानीयवासीको जीवनस्तर उकासिए पनि संरक्षण  हुन नसक्दा यी जिल्लामा जडीबुटीको मूल क्षेत्र पाटनहरुमा बहुमूल्य जडीबुडी लोप हुन थालेका छन्। स्थानीयका लागि आम्दानीको प्रमुख स्रोत भए पनि बर्सेनी दोहनका कारणले जडीबुटी लोप हुन लागेका हुन्।

कर्णालीमा पाइने धेरै प्रजातिका जडीबुटीमध्ये यार्सागुम्बा प्रमुख जडीबुटी हो। तर, बर्सेनि पाटनमा यार्सा टिप्दै जाँदा अघिल्लो वर्षको तुलनामा कम पाउन थालेको यार्सा संकलकहरूको अनुभव छ।

कर्णालीका उच्च हिमाली भेगका रिमार, कोइकी, हाङदाङ खोला, छापाखोला, दोल्फु पाटन, टाके लगायतका पाटन क्षेत्रमा यार्सा कम पाइन थालेको ११ वर्षदेखि यार्सा संकलन गर्दै आएका डोल्पा त्रिपुरा सुन्दरी गाउँपालिका म्याम्बो लामाले बताए । ‘सुरुका वर्षमा पाटन क्षेत्रमा यार्सा धेरै पाइने गरेको थियो।’ उनले भने, ‘बर्सेनि दोहनले पाटनमा यार्सा पाउन कठिन भएको छ।’

त्यस्तै, चिराइतो, कटुकी, पाँचऔंले आदि जडीबुटी भदौ–असोजमा संंकलन गरिन्छ। कर्णालीका हिमाली भेगका वन  र पाटनमा पाइने यस्ता जडीबुटी टिपेर बर्सेनि कमाइ गर्ने तर, संरक्षणमा ध्यान नदिँदा केही वर्षमै सो भेगबाट अमूल्य जडीबुटीहरू लोप हुने खतरा रहेको जुम्लाका स्थानीय नरबहादुर बुढाले बताए।

‘कर्णालीका उत्तरी भेगको जडीबुडी यहाँका स्थानीयको आयआर्जनको प्रमुख स्रोत हो।’ उनले भने, ‘रोजगारीमा नगई जडीबुटीबाट मात्र एक घरधुरीले वर्षमा न्यूनत ३ लाखभन्दा बढी कमाइ गर्ने गरेका छन्।’ उनले भने, ‘व्यवस्थित रूपमा जडीबुटी संकलन नहुँदा बर्सेनि जडीबुटी उत्पादन घटेको हो।’

जिल्ला वन कार्यालय कालिकोट हुम्लाका अनुसार जडीबुटी टिप्ने यामभन्दा अगाडि नै संकलन पुर्जी दिँदा स्थानीयहरूले हतारमै टिपेर बेचबिखन गर्ने चलन बढेकाले वनमा जडीबुटी कम हुन थालेको जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.