|

सिन्धुपाल्चोक : जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा २ लाख १७ हजार ९ सय ४७ जना मतदाता भएको जनाएको छ । जिल्लामा १९ हजार ३ सय २७ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएपछि मतदाताको संख्या सवा २ लाख नाघेको जनाएको हो।

हालै भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा १ लाख ९८ हजार ६ सय २० मतदाता थिए। स्थानीय निर्वाचनपछि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम गर्दा गराउन छुटेका मतदातालाई आग्रह गर्दै नाम दर्ता गराएको थियो। जिल्लामा रहेको १२ स्थानीय तहबाट मतदाता नामावलीमा संकलन गरिएका थियो।

३१ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएपछि अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्यामा जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकृत विजयकुमार कार्की बताउँछन्।

निर्वाचन अधिकृत कार्कीका अनुसार १५ जनाले त्रुटि सच्याउने, ६७ जनाले जिल्लाभित्रै ठेगाना फेर्ने काम गरेका छन् भने ५० जनाले जिल्लाबाहिरै नामावली सारेका छन्। मतदाताले नामावली दर्ता गराउने सबैभन्दा धेरै सदरमुकाम अवस्थित चौतारा साँगाचोगढी नगरपालिका रहेको छ भने कम सुनकोसी गाउँपालिका रहेको निर्वाचन कार्यालयले जनाएको छ।

कुन तहमा कति बढे मतदाता?

चौतारा साँगाचोगढी नगरपालिका ५९४५

मेलम्ची नगरपालिका २३३२

बाह्रबिसे नगरपालिका १५४६

हेलम्बु गाउँपालिका १७६५

त्रिपुरासुन्दरी गाउँपालिका ६११

सुनकोशी गाउँपालिका ७३९

लिसंखुपाखर गाउँपालिका ९३७

इन्द्रावती गाउँपालिका १५१३

भोटेकोसी गाउँपालिका ५४५

बलेफि गाउँपालिका १३४१

पाँचपोखरी थाङपालधाप गाउँपालिका ९८२

जुगल गाउँपालिका १०४०

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.