|

जनकपुर : संविधान संशोधनको विपक्षमा भोट हालेर मधेसीको आत्मसम्मान ठेस पुर्‍‍याएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। 

सोमबार व्यवस्थापिका संसदमा निर्णयार्थ पेश भएको संविधान संशोधन विधेयक फेल भएपछि मंगलबार जनकपुरधाममा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले एमाले अध्यक्ष ओलीको विरोध गरेका हुन्। 

पुत्ला दहन कार्यक्रममा राजपाका रोशन सिंह राणा, उमेश मन्डल, पूनम झा मैथिल, प्रमोद यादव लगायतका नेता– कार्यकर्ताको उपस्थिति थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.