|

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालले नयाँ कार्यविभाजन गरेको छ। सोमबार काठमाडौंमा बसेको नयाँ शक्तिको प्रथम महाधिवेशन आयोजक समितिको विस्तारित बैठकले प्रदेश र केही विभागमा नेताहरूको कार्यविभाजन गरेको हो। देवेन्द्र पौडेलसहितका कयौँ नेताले पार्टी छोडेपछि नयाँ कार्यविभाजन गरिएको हो। 

साउन ११–१३ सम्म बसेको संघीय परिषदको बैठकले तत्कालीन केन्द्रीय कार्यकारी समिति विघटन गरेपछि गठित महाधिवेशन आयोजक समिति अन्तर्गत तीन वटा समान हैसियतका अंगहरू केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद् हुने निर्णय पनि बैठकले गरेको छ। तीन वटै अंगको संयोजक पार्टी संयोजक डा. बाबुराम भट्टराई रहने नयाँ शक्तिले जनाएको छ। बैठकले तीनवटै अंगमा सदस्यहरू चयन गरेको छ।

नयाँ शक्तिले देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। भदौ १० र ११ गते २ नम्बर प्रदेशको जनकपुरमा, १२ र १३ गते ३ नम्बर प्रदेशको काठमाडौंमा, १५ र १६ गते ४ नम्बर प्रदेशको पोखरामा, १८ र १९ गते ५ नम्बर प्रदेशको बुटवलमा, २१ र २२ गते ७ नम्बर प्रदेशको धनगढीमा, २४ र २५ गते ६ नम्बर प्रदेशमा र २८ र २९ गते १ नम्बर प्रदेशको धरानमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ।

असोज २ मा हुने २ नम्बर प्रदेशको स्थानीय निर्वाचनका लागि रामरिझन यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय नया शक्तिले गरेको छ।

नयाँ कार्यविभाजन यस्तो छ

प्रदेश १ मा परशुराम खापुङ इन्चार्ज छन् भने राजेन्द्र किराँती संयोजक छन्। प्रदेश २ मा अरविन्द साह इन्चार्ज र डा. सुरेन्द्र यादव संयोजनक छन्। प्रदेश ३ मा हिसिला यमी इन्चार्ज छन् भने सोनामसिं स्याङतान संयोजक छन्। प्रदेश ४ मा देवेन्द्र पराजुली इन्चार्ज छन् भने रुद्र गुरुङ संयोजक छन्।

यस्तै प्रदेश ५ मा नवराज सुवेदी इन्चार्ज र दानबहादुर चौधरी संयोजक छन्। प्रदेश ६ मा भक्तबहादुर शाह इन्चार्ज र शरुण वाठा मगर संयोजक छन्। प्रदेश ७ मा भीमबहादुर कडायत इन्चार्ज छन् भने कृष्णकुमार चौधरी संयोजक छन्। यस्तै प्रवास इन्चार्ज जनक शाह तोकिएका छन्।  

केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकमा गंगानारायण श्रेष्ठ  तथा सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग संयोजक र सहसंयोजक क्रमशः प्रशान्त सिंह र अरुणा रायमाझीले जिम्मेवारी पाएका छन्।

स्रोत परिचालन तथा व्यवस्थापन समिति संयोजक र सहसंयोजकमा क्रमशः नारायणराज पाण्डे र सुनिल खड्काले जिम्मा पाएका छन्।

राजनीतिक–सामाजिक अभियान परिचालन समिति संयोजकमा प्रेम तामाङ, प्रशिक्षण विभाग संयोजकमा डम्बर खतिवडा, संसदीय मामिला तथा सत्ता समन्वय विभागको संयोजक रसहसंयोजकमा क्रमशः केशव दाहाल र डा. मुक्ति रिजालले जिम्मा पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.