|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेर अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् बनाएका छन्। कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ। 

२ दिनको अन्तरालमा २३ मन्त्री थपिएपछि राज्यकोषमा १० करोड रुपैयाँभन्दा बढी भार थपिने भएको छ। यी राज्यमन्त्रीका लागि मासिक तलब, घरभाडा, एकमुष्ठ फर्निसिङ खर्च, सुरक्षा खर्च सुरक्षा पोष्ट, गार्ड घर, तीनवटासम्म गाडी, उपसचिवसहित सात कर्मचारीसमेतको स्वकीय सचिवालयका लाति यति रकम खर्च हुने सरकारी अधिकारीहरूले जानकारी दिइ।

२०५२ मा ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएर आलोचित देउवाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको रेकर्ड तोडेका छन्। भट्टराईले देउवाको २०५२ सालको रेकर्ड तोडदै ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। राप्रपा र साना दलका लागि आफैंसँग राखेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवा मन्त्रिपरिषद् ५५ सदस्यीयभन्दा ठूलो हुने प्रधानमन्त्री निकट स्रोतले जनायो ।

अहिले मन्त्रिपरिषदमा २६ मन्त्री र २३ राज्यमन्त्री छन्। प्रधानमन्त्री देउवासँग अझै चार मन्त्रालय छन्। ती मन्त्रालयमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र साना पार्टीका नेतालाई मन्त्री बनाउने देउवाको तयारी छ। तिनमा ४ मन्त्री र ४ राज्यमन्त्री थपिए मन्त्रिपरिषद् ५८ सदस्यीय हुनेछ। त्यति मन्त्री थपिएमा मासिक ४ करोड रुपैयाँसम्म प्रशासनिक खर्च बढ्ने सरकारी अधिकारीहरूले जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.