|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानबाट बिहान साढे १० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्रीसँगै पत्नी आरजु देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, पर्यटनमन्त्री जितेन्द्र देव, उद्योगमन्त्री मीन विश्वकर्मालगायत ६० जना भारत जाँदैछन्।

प्रधानमन्त्री देउवाले आज दिउँसो भारतीय सत्तारुढ तथा विपक्षी दलका नेताहरुसँग भेट्नेछन्। उच्चस्तरीय भेटवार्ता भने बिहीबार हुनेछ। बिहीबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकैया नायडुसँग शिष्टाचार भेट हुनेछ। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेट हुनेछ। 

देउवाले बिहीबार नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार नै भेट्नेछन्।

भ्रमणका क्रममा नेपाल र भारतबीच ७ वटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.