|

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका-२, हमरजुङस्थित शुक्रबारे बजारको मुख्य चोकमा नेपाल प्रहरीको अस्थायी बिट स्थापना भएको छ। प्रहरी चौकी शुक्रबारेले बढ्दो शहरीकरण र जनसंख्याको चापलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका लागि प्रहरी बिट स्थापना गरेको हो।

बजारको बीच भागमा स्थापित सो बिटबाट चौबीसै घण्टा सुरक्षा निगरानी गर्ने प्रहरीले जनाएको छ। प्रहरी बिट स्थानीय बासिन्दा र उद्योगी व्यवसायीको सहयोगमा प्रहरी जवानहरु आफैँले निर्माण गरेको प्रहरी चौकी शुक्रबारेका इन्चार्ज प्रहरी नायव निरीक्षक पर्शुराम गिरीले बताए।

प्रहरी बिट स्थापना भएपछि आफूहरुले सुरक्षाको आभाष गरेको स्थानीय धर्म खुलालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.